आमभञ्ज्याङमा बाल सञ्जाल गठन

Posted on: 18 Jan, 2016

जीवराज बख्रेल । माघ ४, हेटौडा । मकवानपुरको आमभञ्ज्याङ गाविसमा वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ । गाविसलाई बालमैत्री गाविस घोषणा गर्ने उद्देश्यले सोमबार आमभञ्ज्याङ· गाविस वडा नं. ३ मा वडास्तरीय बालक्लब सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

गाविसका ९ वटै वडामा बालक्लब गठन गर्ने गरी ‘हामी सक्छौ नेपाल’, ‘महिला एकता सार्थक समाज’ र ‘महिला सशक्तीकरण तथा गरिवी निवारण समूह नेपाल’ले संयुक्त रुपमा वडास्तरीय बालक्लब सञ्जाल गठन गरेको हो । यसअघि आमभञ्ज्याङ वडा न. ६ मा बाल क्लब गठन गरिएको थियो । संस्थाले सोमबार आमभञ्ज्याङ गाविस भवनमा भएको वडास्तरीय बालबालिकाको भेलाले ११ सदस्यीय बाल क्लब गठन गरेको हो ।नवगठित बाल क्लबको अध्यक्षमा निराजन फुयाल चयन भएका छन् । क्लब उपाध्यक्षमा राजु मोक्तान, सचिवमा कृतिका दंगाल, सह–सचिवमा सुशीला लम्साल र कोषाध्यक्षमा मन्दिप पुडासैनी चयन भएका हुन् । कार्यक्रममा बाल क्लब गठनको उद्देश्य तथा काम कर्तव्य, महत्व, आवश्यकता तथा बालबालिका परिचालन र बाल अधिकारका विषयमा अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरणमा कार्यक्रममा ‘हामी सक्छौं नेपाल’का अध्यक्ष शिवहरि दाहाल, महिला सशक्तीकरण तथा गरिवी निवारण समूहका अध्यक्ष इन्दिरा न्यौपानेले सहजीकरण गर्नुभएको थियो । समूहकी अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा वडा नागरिक मञ्चका संयोजक रामशरण धितालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी निवर्तमान अध्यक्ष जीतबहादुर घिमिरे, शारदा उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगाल, प्रधानाध्यापक निरबहादुर खड्का, वडा नागरिक मञ्चका सहसंयोजक इन्द्रजीत देवकोटा, विद्यालयका शिक्षक इन्द्रप्रसाद सञ्जेल, चन्द्रलाल महर्जन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!