शिक्षकलाई योगसम्बन्धी प्रशिक्षण

Posted on: 18 Jan, 2016

जीवराज बख्रेल । माघ ४, हेटौडा । मकवानपुरगढी गाविस स्थित भानु उच्चमाविका शिक्षकहरुलाई एकदिने योगध्यान सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिइएको छ । प्रकृति मानव प्रेमी समाजद्वारा प्रशिक्षण सम्पन्न गराइएको हो ।

‘आजको आवश्यकता प्रकृति मानव हितैषी स्वास्थ्य व्यवस्था’ भन्ने नारा एजेण्डा सहित मकवानपुरका शैक्षिक संस्थाहरु मार्फत योग, ध्यान र प्राकृतिक चिकित्साका बारेमा जनचेतनामूलक अभियान अन्तर्गत शिक्षकलाई प्रशिक्षण दिइएको उल्लेख गरिएको छ । प्रकृति मानव प्रेमी समाजका अध्यक्ष डा. लक्ष्मण पुरीले (प्रा.चि.) शिक्षकहरुलाई ध्यानको प्रयोगात्मक अभ्यास र आहार विहार सुधार गर्ने जोड दिनुभएको थियो । कार्यक्रममा भानु उच्चमाविका प्राचार्य ध्रुब भुजेलले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!