चन्दननाथ नगरपालिका जुम्लाद्धारा पहिलोपटक वडा सचिव तोकियो

Posted on: 20 Oct, 2016

नन्दराम जैशी/कार्तिक ४, जुम्ला । कर्णालीको पहिलो चन्दननाथ नगरपालिका जुम्लाले पहिलो पटक बुधबार वडा सचिव तोकेको छ । 

नगरवासिलाई सेवा, सुविधा छिटो, छरितो प्रवाह गर्नको लागि वडा सचिव तोकिएको कार्यकारी नगर अधिकृत केशवराज शर्माले जानकारी दिनुभयो । नगरपालिकाका कर्मचारीलाई अतिरिक्त जिम्मेवार बनाउन तथा हालको सेवा प्रवाहलाई छिटो, छरितो गर्नको लागि वडा सचिव तोकिएको उहाँको भनाइ छ ।   

  चन्दननाथ नगरपालिका स्थापनाको लामो समयपछि वडा सचिव तोकिएको छ । नगरपालिकाका ४ जना कर्मचारीलाई वडा सचिवका रुपमा तोकिएको कार्यकारी अधिकृत शर्माले बताउनु भयो । 

१ देखि ६ वडामा जयशर्मा आचार्य, ७ देखि ९ वडामा हस्तवहादु महत, १० देखि १३ वडासम्म हरिशचन्द्र रावल र १४ र १५ वडासम्म प्रेमानन्द न्यौपानेलाई वडा सचिवको रुपमा तोकिएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!