असहाय एवम् असक्त बृद्ध–बद्धा आश्रमलाई आर्थिक सहयोग

Posted on: 18 Jan, 2016
जीवराज बख्रेल । माघ ४, हेटौडा । हेटौंडा २ स्थित असहाय एवम् असक्त बृद्ध–बद्धालाई आपतकालिन उद्दार, संरक्षण एवम् परिवारमा पुनरमिलन गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. २१ अशोकबाटिका निवासी जयप्रकाश घिमिरेले आफ्नो जन्मदिनका अवसरमा ५ हजार १ सय ५६ रुपैंया सहयोग प्रदान गर्नुभएको आश्रमले जनाएको छ । निर्माणाधिन आश्रम भवनका लागि आफ्नो जन्म दिनको अवसरमा एक व्यक्ति एक बोरा सिमेन्ट बापत आफ्नो स्वर्गीय बुवा उमानाथ घिमिरे र माता गायत्री घिमिरेको सम्मानको लागि सहयोग प्रदान गरिएको आश्रमले जानकारी दिएको छ । हेटौंडा ५ निवासी दीनबन्धु कुवरबाट आश्रम व्यवस्थापनका लागि १० हजार १ सय १० रुपैंया सहयोग प्रदान गरिएको उल्ले छ । यस्तै, हेटौंडा ५ स्थित लट्टीनाथ टोल विकास संस्थाले आश्रम सहयोगका लागि २ हजार २ सय ५० रुपैंया प्रदान गर्नुभएको छ । पछिल्लो समय आश्रमलाई सहयोग गर्ने हातहरु बढ्दै गएको मानवसेवा आश्रमले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!