आवास पुनःनिर्माण लागत संकलन समिति गठन

Posted on: 21 Jan, 2016

माघ ७, मकवानपुर । आवास पुनःनिर्माण लागत संकलन कार्यक्रम व्यबस्थापन कार्य समूह मकवानपुरको जिल्ला बिकास समितिको कार्यालयमा कार्यालय सञ्चालनमा ल्याईएको छ ।

माघ ५ गते जिल्ला बिकास समितिको कार्यालय मकवानपुरका स्थानीय बिकास अधिकारी लक्ष्मण बिक्रम थापाको संयोजकत्वमा गठित व्यबस्थापन कार्य समूह मकवानपुर गठन गरिएको थियो । केन्द्रबाट खटिएका प्राबिधिक मुल्याङ्कन टोलीको कार्य प्र्रति चित्त नबुझेका र छुटेकालाई अब खटिने टोलीले मद्दत गर्ने जिल्ला बिकास समितिका सामाजिक बिकास अधिकृत रामकृष्ण थापाले जानकारी दिनुभयो । भुकम्प प्रभाबितको यर्थात तथ्याङ्क संकलन गर्न मकवानपुरमा दुई सय ३५ जना प्राबिधिक र दुई सय ३५ जना नै सामाजिक परिचालक खटाईने बताईएको छ ।

आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम व्यबस्थापन कार्य समूह मकवानपुरमा स्थानीय बिकास अधिकारी थापाको संयोजकत्वमा पाँच सदस्सीय रहेका छन् । समितिको सदस्यहरुमा जिल्ला बिकास समितिका सामाजिक बिकास अधिकृत थापा, भबन प्रबिधि, अनुसन्धान तथा तालिम केन्द्रका ईन्जिनियर, शाखा तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत र प्राबिधिक सहायक रहेका छन् । २०६८ सालको जनगरणा अनुसार मकवानपुरमा करिब ८६ हजार घरधुरी रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!