डडेल्धुरामा सु–आहार दोस्रो चरणका कार्यक्रम सञ्चालन हुदैँ

Posted on: 20 Oct, 2016

ललित बोहरा/कार्तिक ४, डडेल्धुरा | घरायसी पोषण, खानेपानी तथा सरसफाई र स्वस्थ्य अभ्यासहरुमा सुधार गर्ने उद्देश्यले डडेल्धुरामा सु–आहारा दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने भएका छन । घरधुरीहरुको गुणस्तरिय पोषण तथा स्वास्थ्य सेवको उपयोगमा बृद्धि गर्ने सेवा गुणस्तर र पहुच पु¥याउन सु–आहारा दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने बिहिबार अन्तरक्रिया गोष्ठिको आयोजना गरी सु–आहारा डडेल्धुराले जनाएको छ । बिहिबार राजनैतिक दल तथा सरोकारवाल निकाय संग गरिएको गोष्ठिमा घरधुरीको बिविध र पोषकत्व बढी भएका खानेकुरा सम्माको पहुच अभिबृद्धि गर्ने उत्पादन, सुरक्षा गर्न दोस्रो चरण सञ्चालन गरिने जनाईएको थियो । सवलीकृत स्थानिय शासन मार्फत बहुक्षेत्रिय पोषण योजनाको कार्यान्वयनलाई तित्र्रता दिने यो कार्यक्रम डडेल्धुरामा अप्रिल २०१६ देखि शुरु भएको र मार्च २०२१ सम्म सञ्चालन गरिने जनाईएको छ । युएसआईडी नेपालको आर्थिक सहयोगमा सु–आहारा नेपालको ४० जिल्लामा सञ्चालित छ । 

सु–आहाराले डडेल्धुरामा पहिचान गरेका पुर्ण स्तनपान, बिरामी बच्चाका लागी पुरक, अतिरिक्त आहार, सुत्केरी पश्चातको स्वास्थ्य जाँच, बिशेष गरी खानेपानी तथा सरसफाई र मातृ शिशु स्वास्थ्य, परिवार नियोजन सेवाहरुको ज्ञान र अभ्यासमा देखिएको ठुलो असमानतामा समानता ल्याउन लगायतका क्षेत्रमा काम गर्ने छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!