मनोरञ्जनात्मक एवं प्रेरणात्मक देउसी भैलो हुने

Posted on: 21 Oct, 2016

कार्तिक ५÷मकवानपुर

युथ फर पिस , पिस फर नेशन भन्ने नाराका साथ वृहत देउसी भैलो कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान पर्व सुभ दिपावली २०७३ को अवसरमा लियो क्लब अफ हेटौँडा भुटनदेविको आयोजनामा देउसी भैलो कार्यक्रम हुन लागेको हो । मनोरञ्जन सगै समाज रुपान्तरणको लागी युवा सोचमा सकारात्मक विकास गर्नको लागी पे्ररणात्मक प्रस्तुती पनि राखिएको आयोजकले जनाएको छ ।

तिन दिन सम्म हुने कार्यक्रम अन्तर्गत पहिलो दिन कार्तिक १४ गते लक्ष्मिपुजाको दिन स्कुलरोड ,१५ गते गोवर्धन पुजाको दिन मानसचोक,र कार्तिक १६ गते भाईटिकाको दिन पिपलबोटमा देउसी खेलिने छ । कार्यक्रम बेलुका ४ बजे देखि ९ बजे सम्म हुने छ ।  सिम्रिक ब्याण्ड हेटौँडाको बेजोड प्रस्तुती सगै स्थानिय कलाकारको  प्रस्तुती रहने अयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!