ईन्धन वितरणमा लगाईएको कुपन सिस्टम हट्यो

Posted on: 25 Jan, 2016

माघ ११, मकवानपुर । जिल्ला प्रशासन कार्यालयले ईन्धन वितरणमा लगाएको कुपन सिस्टम हटाएको छ । प्रशासन कार्यालयमा आज भएको वैठकले आजै देखि लागु हुने गरी सम्वन्धित पम्प हरुवाट मात्र ईन्धन वितरण गर्ने निणय गरेको छ ।

जस अनुसार अव भोलिदेखि जिल्लामा क्रियाशील राजनैतिक दलका प्रमुख स्वयं पार्टिको पत्र सहित जिल्ला प्रशासन कार्यालयले तोकेको पम्प (शिव बुबा) मा ईन्धनको लागि विहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म जानुपर्ने र एकपटकमा बढीमा डिजेल ५० लिटर, पेट्रोल ५० लिटर सम्बन्धित पम्पले उपलब्ध गराई जिल्ला प्रशासन कार्यालयबाट साप्ताहिक रुपमा खर्च समर्थन र सार्वजनिक गराउनु पर्ने छ । त्यस्तै सरकारी कार्यालय (सुरक्षा निकाय, मिडिया, पत्रकार बाहेक) ले उपयोग गर्ने सवारी साधनहरुको हकमा सम्बन्धित कार्यालयको प्रमुखको आधिकारीक पत्र सहित ओम सदाशिव पम्पमा विहान ९ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म ईन्धन भर्न आएमा एक पटकमा पेट्रोल ४ लिटरसम्म र डिजेल बढीमा २५ लिटरसम्म सम्बन्धित पम्पबाटै उपलब्ध गराउने छ । एम्बुलेन्स, शववाहन, दमकलको हकमा सदाझैँ गर्ने र बैंक तथा वित्तिय संस्थाहरुको प्रमुखको सिफारिसमा शिवबुबा र ओम सदाशिवले आपसी समन्वय गरी हप्तामा बढीमा पेट्रोल ५० लिटर र डिजेल १०० लिटर उपलब्ध गराई सोको समर्थन जिल्ला प्रशासन कार्यालयबाट गराउने निणय पनि गरीएको छ । त्यस्तै सांसदहरुले लोगो, परिचय पत्र छायाँकपि सहित ईन्धनको लागि तोकिएको पम्प (शिवबुबा, ओम सदाशिव) मा ईन्धनको लागि स्वयं गएमा गन्तव्यसम्म पुग्ने गरी अभिलेख राखी बढीमा डिजेल ५० लिटर, पेट्रोल ३० लिटरसम्म उपलब्ध गराई सोको जानकारी जिल्ला प्रशासन कार्यालयबाट गराउने र त्यसको विवरण हप्तामा सार्वजनिक गरीने भएको छ ।

सुरक्षा, टेलिफोन, एनसेल, दूग्ध विकास संस्थान तथा हेटौडा डेरी, मिडियालाई प्रशासनले उपलब्धताका आधारमा प्राथमिकताका साथ ईन्धन उपलब्ध गराउने र स्थानीय मिडिया हाउसलाई हप्तावारी रुपमा रेकर्ड राखी तोकेको पम्प(शिव बुबा, ओम सदाशिव) ले न्यूनतम ईन्धन उपलब्ध गराउने र सोको विवरण साप्ताहिक रुपमा सार्वजनिक गर्ने छ । विषयगत संघ–संस्थाका लागि जिल्ला प्रशासन कार्यालयले तोकेको पम्पबाट त्यस्ता संघ–संस्थाका कार्यक्रमको औचित्यता हेरी ईन्धन उपलब्ध भएमा मात्र सम्बन्धित पम्पहरुबाट उपलब्ध गराउन समन्वय गर्ने निणय भएको छ । साथै सार्वजनिक यातायात प्रयोजनको लागि पेट्रोलियम पदार्थ भित्रिएको परिमाण पेट्रोलियम ढुवानी एशोएिसनले सार्वजनिक गर्ने । साथै, सोको अभिलेख जिल्ला प्रशासन कार्यालयले पनि राख्नु पर्ने भएको छ । अत्यावश्यक सेवा र सुरक्षा निकायको लागि शिव बुबा र ओम सदाशिव पम्पलाई तोकि त्यस्ता पम्पहरुबाट विक्री भएका ईन्धन परिमाणको साप्ताहिक विवरण सार्वजनिक गर्ने । प्राथमिकताका आधारमा सार्वजनिक सवारी साधनहरुलाई यातायात संघहरु मार्फत छुट्टा–छुट्टै पम्पबाट त्यस्ता संस्थाहरुको समन्वयमा ईन्धन विक्री वितरण गर्ने । प्राप्त ईन्धन मध्ये सार्वजनिक बसलाई १५ प्रतिशत, ट्रकलाई २५ प्रतिशतले जम्मा ४० प्रतिशत नारायणी यातायात व्यावसायी संघलाई उपलब्ध गराउने र उक्त संघले तोकेको पम्पबाट जोर विजोरको आधारमा न्यूनतम ईन्धन पउने निणय पनि आजको वैठकले गरेको छ ।

सार्वजनिक यातायातलाई छुट्याई बाँकी रहेको ईन्धन (डिजेल) सरोकारवालाहरुसँग छलफल गरी निर्णय भए अनुरुप जिल्ला प्रशासन कार्यालयले पम्पहरु मार्फत उपलब्ध गराउने । प्राप्त पेट्रोल सिधै सम्बन्धित पेट्रोल पम्पहरुबाट सेवाग्राहीलाई उपलब्ध गराउने । पेट्रोलियम व्यावसायीहरुले ईन्धन माग गर्दा आलो पालो गरी गर्ने । घटीमा ६हजार लिटर भन्दा कम माग नगर्ने । विक्री वितरण शुरु गर्नु पूर्व सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई मिटर नोट गराई विक्री वितरण शुरु गर्ने र विक्री वितरण पश्चातः मिटर नोट गराई सुरक्षामा खटिएका कर्मचारीले प्रहरी कन्ट्रोलमा जानकारी गराउनु पर्ने छ ।प्राथमिकता प्राप्त विकास आयोजनाको लागि सम्बन्धित मन्त्रालय, आयोजना तथा कार्यालयबाट प्राप्त पत्रका आधारमा छुट्टै सिफारिस गरी पठाउने र त्यसरी प्राप्त भएको ईन्धनको खर्चको सम्बन्धमा सम्बन्धित कार्यालय र जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने छन्। राष्ट्रिय गौरवका आयोजनाहरुलाई सम्बन्धित निकायको सिफारिसमा उपभोक्ता मूल्यमा उपलब्ध गराउन लेखा अधिकृत श्रीराम पुडासैनीले निर्देशानुसार आयल निगममा सिफारिस गरी पठाउने पर्ने पनि निणय भएको छ । त्यस्तै सुरक्षा, अत्यावश्यक सेवा, आयोजना विशेषको लागि बाहेक सार्वजनिक प्रयोजनका लागि माग गर्ने ईन्धन नारायणी पेट्रोलीयम विक्रेता संघले हप्तामा घटिमा दुई पटक आयल निगमसँग माग गरी विक्री वितरण कार्यलाई सहज र प्रभावकारी बनाउने निणपनि आजको छलफवाट भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!