हेटौडा १४ पदमपोखरीमा आजदेखि विश्व शान्ति पुजा सुरु

Posted on: 26 Jan, 2016

माघ १२, हेटौडा । विश्वको शान्तिको कामना सहित हेटौडा १४ पदमपोखरीमा आजदेखि विश्व शान्ति पुजा हुने भएको छ । हेटौडा १४ पदमपोखरीको महेन्द्र उमावि पछाडि हुने पुजाको सम्पुण तयारी पुरा भएको अयोजक ज्याङ छुप्लिन पोताला गुम्वाका अध्यक्ष दिपक संह थोकरले जानकारी दिनु भयो ।

पहिलो दिन आजदेखि पाठ सुरु हुनेछ । विशेष कार्यक्रम अन्तर्गत १६ गते हवन, १७ गते सनम घिड्मे गरुवाट प्रवचल, १८ गते गुरुहरु वाट वाङ थाप्ने र १९ गते समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । ज्याङ छुप्लिन पोताला गुम्वाको आयोजनामा हुन लागेको पुजाको समापन १९ गते हुने छ । हेटौंडा उपमहानगरपालिका–१६ स्थित शुभप्रभात निम्न माध्यामिक विद्यालयलाई हेटौंडा–४ स्कुलरोडस्थित मेरीगोल्ड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खड्काले डेक्सबेन्च सहयोग गर्नुभएको छ । उपमहानगरपालिका क्षेत्रभित्र रहेरपनि डेक्सबेन्चको अभावमा चिसो भुईमै पढ्न बाध्य बालवालिकालाई खड्काले पाँचवटा डेक्सबेन्च र एउटा ह्वाइटबोर्ड सहयोग गर्नुभएको हो । खड्काले पचासहजार बराबरको सहयोग सामाग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ । हस्तान्तरण कार्यक्रम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर मोक्तानको अध्यक्षतामा भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!