मोटरसाइकल जुध्दा तीन घाइते

Posted on: 21 Oct, 2016

पर्वत, मोटरसाइकल एक आपसमा जुध्दा पर्वतमा तीन जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १२ कोडारे नजिकै पोखरा वाग्लुङ सडक खण्डमा कुश्मा वाट डिमुवा आउदै गरेको ग ९ प ४३२४ नम्वरको मोटर साईकल र विपरित दिशावाट आउदै गरेको ग १० प नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक र सवार गरी ३ जना घाईते जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


घाइते हुनेमा ग १० प ३७२५ नम्वरको मोटर साईकल चालक जिल्ला वाग्लुङ कुश्मिसेरा ७ वस्ने वर्ष ३५ को कमल प्रसाद पौडेलको दाहिने हातको कान्छी औला भाचिएको खुट्टामा चोट लागेको जनाइएको छ त्यस्तै ग१ प ४३२४ नम्वरको मोटरसाईकल चारक जिल्ला काठमाडौ घर भई हाल जिल्ला म्याग्दी वेनी नगरपालिका – ४ वस्ने वर्ष ३४ को रामकुमार गौतमको खुट्टामा चोट लागेको छ भने भारत घर भई हाल जिल्ला कास्की पोखरा उप(महानगरपालिका १४ वस्ने वर्ष २२ को मुन्ना भाईको दाईने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।


 मुन्नालाई सामान्य चोट लागेका कारण डिस्चार्ज भएको र चालक दुवै जनालाई पोखारा मेट्रोसिटि र मणिपाल अस्पतालमा रिफर गरिको छ । दुवै सवारी साधन प्रहरीचौकी डिमुवाको  नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान भैरहेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!