स्वतन्त्र रुपमा काम गर्न कर्मचारीलाई मन्त्री सापकोटाको निर्देशन

Posted on: 31 Jan, 2016

aganiमाघ १७, हेटौडा । वन तथा भुःसंरक्षण मन्त्रि अग्नि सापकोटाले स्वतन्त्र रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

मध्यमाञ्चल क्षेत्रिय वन निर्देशनालय हेटौडाको क्षेत्रिय योजना तर्जुमा गोष्ठिलाई सम्वोधन गर्दै सापकोटाले सरकारी निकायमा चाहे जति समन्वयन नहुदा डर र त्रासका कारण कार्य सम्पादनमा समस्या देखिएको भन्दै स्वतन्त्र पुर्वक काम गर्न भन्नु भएको हो । उहाले भन्नु भयो राम्रो काम गर्ने लाई प्रोत्साहन र नराम्रो काम गर्ने लाइ निरुत्साहित गर्नु पर्छ भन्ने मेरो मान्यता हो । तपाँइ राम्रो काम गर्नुस मेरो यति आग्रह पनि हो । अहिले भइरहेको तराइ आन्दोलन परेको समस्यामा सरकार सचेत रहेको भन्दै आन्दोलनमा केहि देशलाइ अगाडि वढ्न नदिन चलखेल भएको पनि उहाले सङकेत गर्नु भयो ।

तराईमा आन्दोलन चलाइरहेका दलहरु पछिल्लो संसोधन पनि सहमति नजीक पुगेको तर सोझा जनतालाइ विभिन्न आस्वास दिएर सडकमा ओरालेका कारण तत्काल खेलेस सहमतिमा नआएको वताउनु भयो । राजनितीको नाममा हुने गरेका अपराधलाई छ्ट्याएर वल पुर्वक भएपनि हटाउने चेतावनि दिदै उहाले राष्टको अहितमा वम्ह्राण्डै उत्रिय पनि सम्झौति नगर्ने उद्धघोष गर्नु भयो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!