अमनलाई प्रवासीको आर्थिक सहयोग

Posted on: 22 Oct, 2016

महेन्द्र केसी,कात्र्तिक ६ पर्वत ।।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न प्रकारका विज्ञान प्रविधिका समाग्री बनाएका अमनलाई थप हौसला प्रदान होस् भनी मंचले सहयोग गरेको बताएको छ । शुक्रबार हिमाललय उमाविको प्राङ्गणमा  उनलाई सो पुरस्कार हस्तान्तरण गरिएको थियो । विद्यालयका निमित्त प्राचार्य प्रेम प्रसाद रेग्मीले उनलाई खादा, शैक्षिक समाग्री र नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै रेग्मीले अमनले विज्ञानप्रविधिमा रुचिमात्रै राखि आफ्नो प्रतिभा मात्रै प्रष्फुटन नगरी विश्वभर विद्यालयलाई चिनाउन सफल भएको बताए ।

अमनले आफ्नो क्षमता प्रष्फुटन मात्रै गरेनन् विद्यालयको गरिमा समेत उच्च राख्ने काम गरेको भन्दै अन्य विद्यार्थीहरुले पनि आफुमा भएको प्रतिभा प्रष्फुटन गराउन अग्रसर हुनुपर्नेमा जोड दिए । उनले प्लाष्टिक, तार, काठ, किला, लगायतका समाग्रीहरु संकलन गरेर एक दर्जन भन्दा बढि विज्ञान प्रविधिका समाग्री निर्माण गरेका छन् । उनी केहि समय अगाडीमात्रै शमी साहित्य पुरस्कारबाट सम्मानित समेत भएका थिए । उनलाई हिमालय भूतपूर्व विद्यार्थी समाजले ५ हजार ५ रुपैयाँ नगदले सम्मान गरेको थियो भने निजामति कर्मचारी आधिकारिक ट्रेड युनियन बाग्लुङबाट १ हजार १ सय ११ले सम्मान गरेको थियो भने हालसम्म विभिन्न संघसस्था , व्यक्ति र विद्यालयबाट गरी दर्जनभन्दा बढी सम्मान पाइसकेका छन् ।विज्ञान प्रविधिमा रुचि भएका अमन अन्य क्षेत्रमा समेत उत्तिकै अब्बल मानिएका छन् ।

विद्यालयमा हुने अतिरित्त क्रियाकलाप तथा कक्षामा उनी प्रथम छन् । त्रैमासिक परिक्षमा कक्षा ९ मा विशिष्ट श्रेणीमा उत्तीर्ण समेत भएका उनी अन्य क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । उनका बाबु शिक्षक छन् जसका कारण पनि उनलाई यो हौसला मिलेको बताइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!