ए डिभिजनको सरस्वति क्लब २–१ गोलले पराजित

Posted on: 03 Feb, 2016

जिवराज बख्रेल/ माघ २०, मकवानपुर । सुमन भोम्जन अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कपको तयारीमा रहेको मकवानपुर ११ ले ए डिभिजनको सरस्वति क्लबलाई २–१ गोलले पराजित गरेको छ । आज हेटौँडाको क्याम्पाडाँडामा भएको मैत्रीपूर्ण खेलमा मकवानपुरले सरस्वतिलाई पराजित गरेको हो । गोल्ड कपको तयारीमा रहेको मकवानपुरले आज भएको खेलको ७ औ मिनेटमा विके लामाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा मकवानपुरकै शुसान्त लामाले गोल गर्दै टोलिलाई २–० को अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा सरस्वतिमा आबद्ध सेनेगलका डोडोजले एक गोल फर्काए पनि त्यो जितको लागि पर्याप्त नहुँदा खेलमा मकवानपुर ११ विजयी भयो । जित पछि प्रतिक्रिया दिदै मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले गोल्ड कपको लागि छनौट अन्तिम चरणमा पुगेको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!