फर्निचर उधोगबाट अवैध काठ सहित संचालक प्रहरी नियन्त्रणमा

Posted on: 22 Oct, 2016

राम नारायण पंडित/ सिरहा ६, कार्तिक । सिरहा प्रहरीले गोलबजारमा संचालनमा रहेको एक फर्निचर उधोगबाट अवैध काठ बरामद गरेको छ । शुक्रबार राति गोलबजार १० मा संचालनमा रहेको एक फर्निचर उधोगबाट अबैध काठ तथा फर्निचर बनाउने मेशीन बरामद गरेको प्रहरीले जनाएको छ । 


ईलाका प्रही कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायको कमाण्डमा खटिएको गस्ति टोलीले गोलबजार १० स्थित सोमबहादुर विश्वकर्मा र सुरेश कुमार साहले संचालन गरेको फर्निचर उधोगबाट ९५ हजार २ सय मूल्य बराबरको बिभिन्न साईजका अवैध काठ, काठ चिर्ने मेशीन, फर्निचर बनाउन प्रयोग हुने औजार तथा काठ ओसार्न प्रयोग गरिने साइकल बरामद गरेको हो । 



संचालक साहको घर नजिकै झाडीबाट लुकाई राखेको अवस्थामा २६ हजार मूल्य बराबरको ६ थान काठका चौखट पनि बरामद गरिएको निरीक्षक उपाध्यायले बताए । बरामद काठ सहित दुबै संचालकलाई थप अनुसन्धानका लागी नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!