खुल्ला फुटवल प्रतियोगिताको उपाधि नर्मल मुस्कानलाई

Posted on: 07 Feb, 2016

माघ २४, हेटौडा । विरेन्द्र युवा क्लव हेटौडा ८ कमानेको आयोजनामा माघ ५ गते वाट सरु भएको खुल्ला फुटवल प्रतियोगिता को उपाधि नर्मल मुस्कानले उचालेको छ । आज भएको फाईनल खेलमा मनकामना युवा क्लव हेटौडा ८ लाइ ३ , १ गोल अन्तरले पराजित गर्दै नर्मल ले उपाधि जितेको हो । नर्मलको जितमा, सुजन रुम्वा, अस्मिर वाइवा र विम्जन घिमिरेले गोल गरे, त्यस्तै मनकामनाको लागि आकास लोप्चनले एक गोल गरे । जम्मा ६ टिम सहभागि खेल लिग चरण को अधारमा खेलाइएको थियो । makwanpur 1

विरेन्द्र युवा क्लव अध्यक्ष कृष्ण केसिको अध्यक्षतामा भएको समापन कार्यक्रममा युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ शक्ति मकवानपुरका अभियान्ता धर्मराज पुडासैनिको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्थानिय समाज सेवि सुवास गुरुङ , सुदिप राज गिरी लगाएतको आतिथ्यता रहेको थियो ।प्रतियोगिताको द्धितिया पुरस्कार विशेष अतिथि धर्मराज पुडासैनिले प्रयोजन गर्नु भएको थियो भने अन्य शिल्ड मेडलको प्रायोजन प्रमुख अतिथि अर्जुन ढुङगानाले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!