कैद भुक्तान गरिरहेका कैदीको मृत्यु

Posted on: 22 Oct, 2016

कात्तिक ६, इनरुवा ।  सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा सङ्खुवासभा मत्स्यपोखरी गाविस–६ का ३५ वर्षीय कमलबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!