पोखरा खसीवोका व्यवसायी समितिमा श्रेष्ठ

Posted on: 23 Oct, 2016

कात्तिक ७, पोखरा । पोखरा खसी वोका व्यवसायी समिति कास्कीको ५ औं अधिवेशनले ज्ञानबहादुर श्रेष्ठलाई पुन २ वर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्ष चयन गरेकोछ । 

शनिवार सम्पन्न व्यवसायीहरुको भेलाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।सर्वसम्मत चयन हुने हरुमा उपाध्यक्ष ज्ञानहरी आचार्य सचिवमा घनश्याम श्रेष्ठ (रवी), कोषाध्यक्षसुरेश राना रहेका छन् । यस्तै सदस्यहरुमा शोभा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रमेश श्रेष्ठ, वाल प्रसाद श्रेष्ठ, मदनखड्का र जुन कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै समितिको सल्लाहकारमा राम कुमार श्रेष्ठ गोकर्ण भण्डारी, अर्जुन श्रेष्ठ रहेका छन् भने संस्थागत सल्लाहकारमा पोउमनपा, जिल्ला पशुसेवा कार्यालय र कास्की खसी तथा कुखुरा मासुव्यवसाय समिति रहेका छन् । 

समितिले आगामी दिनहरुमा पनि व्यवसायलाई मर्या्दित र जनउत्तरदायी वनाउनृ नवनिर्वा्चितअध्यक्ष ज्ञान वहादुर श्रेष्ठले वताए । अधिवेशनको उद्घाटन सत्रमा वोल्दै कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका पूर्वअध्यक्ष प्रेम प्रसाद पौडेल ठाकुरले वजारमा खसी वोका व्यवसायीलाई लाग्ने गरेको आरोपलाईचिरेर जानु पर्ने र त्यसमा जिउंदो खसीवोका व्यवसायी र मासु व्यवसायी दुवै इमान्दार वन्नु पर्नेवताए । 

अधिवेशनको उद्घाटन सत्रको स्वागत रवि श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालनउपाध्यक्ष ज्ञानहरी श्रेष्ठले गरेका थिए ।समितिका अध्यक्ष ज्ञानवहादुर श्रेष्ठको अध्यक्षतामा भएकोकार्यक्रममा पूर्व अध्यक्ष गोकर्ण भण्डारी र मासु व्यवसायी समितिका अध्यक्ष भोलनाथ ओझा रकोषाध्यक्ष सुरेश रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!