गाईभैंसीको सुत्केरी सामग्री वितरण

Posted on: 07 Feb, 2016

माघ २४, मकवानपुर । मकवानपुरको आमभञ्ज्याङ् ४ मा रहेको चन्द्रसूर्य दुग्ध उत्पादक सहकारी संस्था लिमीटेडका कृषकहरुलाई गाइभैंसीको सुत्केरी सामग्री वितरण गरिएको छ । संस्थाको बार्षिक साधारणसभाको अवसरमा २५ जना कृषकलाई गाइभैंसीको सुत्केरी सामग्री वितरण गरिएको जनाइएको छ ।

दुग्ध उत्पादक सहकारी संस्थाका केन्द्रिय अध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका कार्यालय प्रमुख डाक्टर रामप्रकाश प्रधानलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!