कर्रा खोलामा कल्भर्ड पुल निर्माण कार्य सम्पन्न

Posted on: 07 Feb, 2016

माघ २४, मकवानपुर । रातोमाटे राप्तिपुल बाइपास सडकखण्ड अनतर्गत कर्रा खोलामा कल्भर्ड पुल निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय मकवानपुरको लगानीमा निर्माण गरिएको कल्भर्ड पुल बनेपछि अहिले आवतजावत सहज भएको छ ।

सो पुलको निर्माणपछि कुश्माण्ड सरोबर त्रिबेणीधाम तथा पदमपोखरी, चुरियामाई, लगायतका स्थानमा आवतजावत गर्नेहरुलाई सहज भएको छ । कुश्माण्ड सरोबर त्रिबेणीधाम विकास समितिको पहल तथा आग्रहमा सडक डिभिजन कार्यलय मकवानपुरले सो पुल निर्माण गरिदिएको हो । सो पुल निर्माण नहुँदा आवत जावत गर्न समस्या थियो । भने मकर मेलामा आउनेहरुलाई समेत समस्या पर्ने गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!