न्यायको ढोका ढकढकाउदै कल्पना

Posted on: 23 Oct, 2016


कात्तिका ७ पोखरा । आफ्नो ९ वर्षे छोरी कन्चन विकलाई नाताले ज्वाई पर्ने ईश्वर विकले बलत्कार गरी गत असोज २३ गते हत्या गरेपछि कास्की ढिकुरपोखरी १, गौरीस्वाँराकी कल्पना विक यतिबेला न्याय खोज्दै हिडेकी छिन् । उनी बिहीबार न्याय खोज्न भन्र्दै गाविस कार्यालय पुगिन् ।

कल्पना भन्छिन्–‘मेरा श्रीमान् नभएको बेला पारी छोरीलाई फकाईफुलाई ज्वाई भनाउदाँले बलत्कार गरी हत्या गरे, अव मसँग एउटा ३ वर्षको छोरा ‘रायुक’ मात्र साथमा छ, श्रीमान् राजकुमार विक पनि बैदेशिक रोजगारीको शिलशिलामा घर बाहिर छन् । अव म एक्लै घरमा बस्न सक्ने स्थिती पनि छैन, लै न मैले चाँडो न्याय पाउनुप¥यो’ ।

न्याय माग्न पुगेकी पिडित कल्पनालाई सम्झाईबुझाई गर्दै थिए नागडाँडा प्रहरी चौकीका प्रमुख, प्रहरी सहायक निरिक्षक रामशरण खत्री । खत्रीका अनुसार प्रहरी अनुसन्धानबाट ईश्वरले बलत्कारगरी ति नाबालिकाको हत्या गरेको पुष्टी भइसकेको जानकारी दिर्दै पिडक ईश्वरलाई अव जवरजस्ती करणी, हाडनाता र हत्या आरोपमा कारबाही प्रक्रिया थालिने बताए ।प्रहरी साहायक निरिक्षक खत्रीका अनुसार पिडक ईश्वर विक हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।

यस विषयमा पिडितलाई न्यय एवम् राहात र पिडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै बिहिवार नै गाविस स्तरिय मावन बेचबिखन तथा ओसारपोसार बिरुद्घको समितिको बैठक समेत बसेको छ । 

बैठकले पिडकलाई हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला अदालतका यसबारेमा ज्ञापनपत्र दिने निर्णय गरेको समितिकी सदस्य राधा कुवँरले जानकारी दिएकी छन् । बैठक गाविस सचिव स्थानेश्वर ढुङगानाको अध्यक्षतामा बसेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!