दलित मोर्चाको सम्मेलन आयोजक समिति गठन

Posted on: 07 Feb, 2016

माघ २४, मकवानपुर ।  नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको नवौं जिल्ला सम्मेलन तयारीका लागि आयोजक समिति गठन भएको छ । आज आईतबार हेटौंडामा सम्पन्न मोर्चाको विस्तारित बैठकले रामबहादुर नेपालीको संयोजकत्वमा ३९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

बैठकले आगामी चैत्र दोस्रो साता सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बैठकले सम्मेलन तयारीका लागि निर्वाचन क्षेत्र स्तरीय जिम्मेवारी समेत तोकेको छ । बैठकले १ नम्बर निर्वाचन क्षेत्रमा शुक्र विश्वकर्मा, २ नम्बर क्षेत्रको उत्तरी ईलाकामा काजेन्द्र परियार र दक्षिणी ईलाकामा जमिन दियाली, ३ नम्बर क्षेत्र उपमहानगरपालिकामा मञ्जु रोक्का, ४ नम्बर निर्वाचन क्षेत्रको उत्तरी ईलाकामा सिमोन विक र दक्षिणी ईलाकामा सूर्य विकलाई संयोजकको जिम्मेवारी तोकेको छ ।

यसैबीच, बैठकले ११ सदस्यीय कार्यालय गठन पनि गरेको छ ।नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरका अध्यक्ष जंगबहादुर विश्वकर्माको अध्यक्षतामा विस्तारित बैठक सञ्चालन भएको हो । बैठकमा एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, मोर्चाका फ्क्याक्सन ईञ्चार्ज रामजी नेपाल, दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य रामकृष्ण देउला, केन्द्रिय सदस्य रामलाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

बैठकले सम्मेलन सम्पन्न गर्नका लागि फागुन महिनारी गाउँ र नगर सम्मेलन गरिसक्ने, चैत्र पहिलो हप्ता निर्वाचन क्षेत्रीय भेला सक्ने र चैत्रको दोस्रो हप्ता जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य जंग बहादुर विश्वकर्माले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!