श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवनको २५ औं वार्षिक साधारणसभा

Posted on: 07 Feb, 2016

माघ २४, मकवानपुर । श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवन, प्रणामी नगर हटियाको २५ औं वार्षिक साधारणसभा भएको छ । प्रणामी नगर मन्दिर सेवा समितिका अध्यक्ष घनश्याम ढकालको सभाध्यक्षतामा साधाणसभा भएको छ ।

सँधारणसभामा अध्यक्ष ढकालले मन्दिरको २७ बु“दे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले ११ बु“दे भावी गुरु योजना पनि प्रस्तुत गरेका छन् । ढकालले भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको मन्दिरको गुरु योजना तयार पारिएको बताए । साधारणसभामा कोषाध्यक्ष श्यामप्रसाद चौलागाईंले आर्थिक वर्ष २०७१/०७२ को ६ लाख ९९ हजार ७ सय ९३ रुपैया“ आयव्यय प्रस्तुत गरेका छन् । यसैगरी भूकम्पले क्षतविक्षत बनाएको मन्दिरको पुर्नः निर्माण थालिएको छ ।साधारणसभामा मन्दिर निर्माणको लागि प्रणामी मन्दिर हेटौंडाका अध्यक्ष ,सुदशन प्रसाद वाग्लेले ५१ हजार रुपैया“ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रणामीनगर मन्दिर सेवा समितिले २६ पिल्लरसहितको कलात्मक शैलीमा मन्दिरको ,नया“ भवन निर्माण गर्न लागेको अध्यक्ष ढकालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!