कांग्रेस मकवानपुरको सभापतिमा बानिया

Posted on: 08 Feb, 2016

makwanpurजिवराज बख्रेल/ माघ २५, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा इन्द्र बानिया निर्वा्चित हुन भएको छ । आज भएको जिल्ला अबिधेशनबाट बानियाले आफ्ना प्रत्याशी रघुरमण न्यौपाने र प्रभात दाहाल लाई पराजित गर्दै सभापतिमा विजयी हुन भएको हो ।

विजयी बानियाले ७ सय ७८ मत प्राप्त गर्नु भयोे भने उहाँका प्रतिस्पर्धी रघुरमण न्यौपानेले ११० र प्रभात दाहालले १०९ मत ल्याउनु भएको थियो । पार्टी सचिवमा वुद्ध लामा विजयी हुनु भएको छ । आफ्ना प्रत्याशी धर्मराज लामिछान र भवसागर श्रेष्ठ लाइ पराजित गर्दै लामा विजयी विजयी हुनु भएको हो ।

लामाले ३५८ मत प्राप्त गर्नु भएको छ भने प्रत्यासी धर्मराज लामिछानेले १३९ र भवसागर श्रेष्ठले ६० मत प्राप्त गर्नु भएको छ । त्यस्तै कोषाध्यक्षमा गोपिलाल विस्वकर्मा विजयी हुनु भएको छ । प्रत्यासी उत्सव इटेनिलाई झिनु मतले पराजित गर्दै दाहाल कोषाध्यक्ष वन्नु भएको हो ।

विश्वकर्माले २८३ मत प्राप्त गर्नु भएको थियो भने इटेनिले २८१ मत ल्याउनु भएको थियो ।सदस्यहरुको भने मतगणना भइरहेको छ। जम्मा ६२४ मतदाता रहेको मा ६१४ मत खसेको जनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!