विभिन्न पार्टि परीत्याग गरी दर्जनौंको सङख्यामा राप्रपा नेपालमा प्रवेश

Posted on: 11 Feb, 2016

makawanpur newsजिवराज बख्रेल/माघ २८, मकवानपुर । मकवानपुरको ईपा पञ्चकन्या गाविसमा विभिन्न पार्टि परीत्याग गरी दर्जनौको सङख्यामा पार्टि कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

ईपा पञ्चकन्या गाविसका नेपाली काग्रेसका पुर्व गाविस अध्यक्ष मिठाराम खड्का सहित, अन्य विभिन्न पार्टि परीत्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका हुन ।पार्टि प्रवेश गर्नु हरुमा उपाध्यक्ष सानुकान्छा लुङवा, नेपाली काग्रेस गाँउ इकाई समिती सचिव रुपेन्द्र खड्का, एकिकृत नेकपा माओवादिका सुन्दर कुँवर, सोमवहादुर जिम्वा नेकपा एमाले लङक वहादुर गोले, नेकपा एमालेकै लाल वहादुर गोले, सम्भु विक, कपिल अधिारी, लगएक ११५ जना राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

नव प्रवेसी हरुलाई स्थानि संघियमामिला तथा स्थानिय विकास सहायक मन्त्री विराज वहादुर विस्ट, सभासद गणेश थापा, केन्दिय सदस्य तथा उपप्रधान मन्त्रि कमल थापाका राजनैतिक सल्लाहाकार राजाराम वर्ताैला, लगाएतले स्वागत गर्नु भएको थियो, पार्टि प्रवेश पछि राप्रपा नव प्रवेसि हरुले राप्रपा नेपाल वाहेक अरु प्रार्टिले विकास निर्मालको लागी कुनै कार्य नगरेको भन्दै अव गाँउ घर निर्माणको लागी राप्रपा एक मात्र विकल्प भएको प्रतिक्रिया दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!