घर दैलो तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न

Posted on: 13 Feb, 2016

फागुन १, हेटौंडा । प्रहरी चौकी पदमपोखरी र सामुदाईक प्रहरी उपसेवा केन्द्रको संयुक्त आयोजनामा घर दैलो तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । हेटौडा १३ हात्तिगौँडा स्थित वुद्ध माध्यमिक विद्यालयमा आज भएको कार्यक्रममा, अवैध लागुऔषध , घरेलु हिंसा , मादक पदार्थ , गुण्डागर्दि जस्ता सामाजिक अपराध विरुद्ध लाग्न आग्रह गरीएको थियो । कार्यक्रममा मन्तब्य राख्दै सामुदाइक सेवा केन्द्र प्रमुख विस्व आले मगरले सवैले एक जुट भएर लागेमा मात्र समाजलाई सामाजिक अपराध मुक्त वनाउन सकिने भन्दै अपराधिक क्रियाकलाप विरुद्ध लाग्न विद्यार्थि हरुलाई आग्रह पनि गर्नु भएको थियो । सेवा केन्द्र अध्यक्ष आलेको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगर का प्रमुख डम्वर वहादुर पुरीको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा प्रहरी चौकि पदपपोखरी प्रमुख वोध प्रसाद यादव ,सामुदाइक सेवा केन्द्र उपाध्यक्ष मिरा दाहाल ,नेकपा एमाले १३ नं वडा अध्यक्ष अर्जुन प्रसाद अर्याल लगाएको आतिथ्यता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!