अन्तराष्ट्रिय गोल्डकपः घरेलु टोलि एफसी हेटौडाको विजयी सुरुवात

Posted on: 13 Feb, 2016

फागुन १, हेटौडा । मकवानपुरको हेटौडमा आजबाट सुरु भएको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोलि एफसी हेटौडाले विजयी सुरुवात गरेका छ । आज प्रतियोगिताको उद्घाटन खेलमा भुटानको भुटान क्लियरिङ फुटबल क्लव लाई आयोजक टोली एफसी हेटौंडाले ० ४ गोल अन्तरले पराजित गरेको हो । हेटौडाको जितमा मेलको ३४ औ मिनेटमा अल्भीस अपेएले गोल गरेका थिए ,त्यस्तै खेलको ७० मिनेटमा योगेस गरुङ,तथा ७८ औ मिनेटमा एल्भीसलेनै ब्यक्तिगत दोश्रो गोल गरेका थिए , थप गरीएको ४ मिनेट समयमा कण लिम्वुले थप एक गोल गर्दै टोलिलाइ जित दिलाएका हुन । प्रतियोगितामा भारतका कञ्चनजंघा क्लव,साहार क्लव पोखरा, सरस्वती युवा क्लव, नेपाल आर्मी, नेपाल एपिएफ र मनाङ् मर्याङदी क्लवले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पाउनेछ । उत्कृष्ट खेलाडी, गोलकर्ता, मिडफिल्डर, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगदसहित पुरस्कृत गरिने अध्यक्ष भेष खड्कीले जानकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!