नेपाल आर्मी सेमिफाइनलमा

Posted on: 14 Feb, 2016

जिबराज बख्रेल/फागुन २, मकवानपुर । नेपाल आर्मी हेटौडमा जारी सुमन भम्जन अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा सरस्वती युव ब्लव लाई १–० ले पछि पार्दै आर्मीले अन्तीम चारमा स्थान बनाएको हो । आर्मीको जितमा खेलको २१ औँ मिनेटमा विकास तमाङले एक मात्र निर्णयक गोल गरे ।

अब फाइनल प्रवेशका लागि आर्मीले घरेलु टोली एफसी हेटौडासँग फागुन ५ गते खेल्ने छ । प्रतियोगिता अन्तर्गत भोलि मनाङ् मर्याङदी र भारतको कन्चन्जङघा क्लव विच खेल हुने छ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पाउने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!