कार्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने मुख्य सचिव सुवेदीको भनाई

Posted on: 24 Oct, 2016

भावना पौडेल/कार्तिक ८ डडेल्धुरा । नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुबेदीले कात्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाण्डौद्धारा डडेल्धुरामा सोमबार आयोजित ‘संघियता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना’ सम्बन्धी १ दिने गोष्ठी कार्यक्रममा उनले यस्तो बताएका हुन । सो कार्यको प्रभावकारीताका लागि आफैले २५ बुदँे रोड म्याप बनाएको र सोही अनुुसार अगाडि बढ्ने मुख्य सचिव सुबेदीले बताएका थिए । ४० जना सह सचिवको नेतृत्वको ५ समुह बनाई अहिले देशका ७ वटै प्रदेशमा कार्यक्रम गरिरहेको बताउदै पहिलो कार्यक्रमको प्रदेश नम्बर ७ को डडेल्धुरामा आयोजना गरिएको उनको भनाइ छ । सुवेदीको नेतृत्वमा नेपाल सरकारका सचिव लगायतका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट आएको टोलीले गोष्ठीमा बिशेष गरि राज्य पूर्नःसरचना, प्रशासन पुर्नःसरचना र प्रशासनिक हिसाबले सविंधान कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा बिशेष छलफल गरेको हो ।  सङ्घीयता कार्यान्वयनको सन्दर्भमा सम्बन्धित सबै निकायले कानुन तर्जुमा गर्दा मितव्ययिता र प्रभावकारिता अवलम्बन गर्ने, साथै भावी सङ्गठन÷संरचना तयार गर्दा न्यूनतम आकारको सङ्गठन÷संरचना सिर्जना गर्न ध्यान दिन आवश्यक रहेको सहभागि सबैले औँल्याएका छन । गोष्ठीमा सुदूरपश्चिम तथा प्रदेश नम्बर ७ का सुरक्षा निकायका क्षेत्रीय तहका प्रमूख तथा निर्देशक, ९ वटै जिल्लाका प्रमूख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी र राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!