अफिई अलवालेको ह्याट्रि , मनाङ अन्तराष्ट्रिय गोल्डकपको सेमिफाइनलमा

Posted on: 15 Feb, 2016

जिवराज वख्रेल/ फागुन ३, मकवानपुर । अफिई अलवालेको ह्याट्रि सँगै मनाङ मर्यास्याङदि हेटौडमा जारी सुमन भोम्जन स्मृती अन्तराष्ट्रिय आमन्त्रण हेटौडा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भारतको कन्चन्जङघा फुटवल क्लव लाई ६ , १ को फराकिलो गोल अन्तर्ले पराजित गर्दै मनाङले सेमि फाइलन यात्रा तय गरेको हो । मनाङ् मर्याङदीको जितमा खेलको १५ मिनेटमा कप्तान अनिल गुरुङको ले एक गोल गरेका थिए । दोश्रो हाफमा मनाङकै अफिई अलवाले गोल गर्दै टिमलाई दरीलो वनाए ।

कन्चन्जङघाको लागि फ्रि किकको सदुपयोग गर्दै सन्तोष न्योपानेले जवाफि एक गोल फर्काए । कन्चन्जङघा लाई निकै दवावमा राखेको मनाङले लगातार ४ गोल गर्याे । मनाङका रभि पास्वान र अनिल गुरुङले एक एक गोल गरे भने अफिई अलवालेले ब्यक्तिगत तिन गोल गर्दै म्यान अफदि म्याज घोषित भए । प्रतियोगिता अन्तर्गत भोलि एपिएफ र साहार क्लव विच खेल हुने छ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!