बौद्धिक वर्ग पार्टीको लागि आवश्यक छ - तिवारी

Posted on: 25 Oct, 2016

कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादीले गरेको दशबर्षे जनयुद्ध र आन्दोलनबाटनै अहिलेको लोकतन्त्रको उपलब्धी भएको बताउँदै पार्टीलाई सहिमार्गमा लैजानको लागि बौद्धिक बर्गले बेलाबेलामा घचघचाउन पर्ने    बताए ।
    राजनीतिक दलहरुले गलत काम गर्न लागेको थाहा पाएमा बौद्धिक बर्गले सहि मार्गमा लैजानको निम्ति सरसल्लाह र शैद्धान्तिक ज्ञान दिनुपर्नेमा उनको जोड थियो ।
    पार्टीभित्र विचलन भएमा वा पार्टीले उचित निर्णय लिन नसकेमा बौद्धिक बर्गले रचनात्मक भूमिका निर्वाह गर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । त्यस्तै कार्यक्रममा प्रदेश नं ४का संयोजक शम्भु बहादुर अधिकारीले देश विकासको लागि बौद्धिक बर्गको आवश्यकता रहेको औलाए । देशका बौद्धिक बर्गहरुले सही रुपमा आफ्नो अनुभव आदान प्रदान गर्न नसकेका कारण बेलाबेलामा देशमा राजनीतिक उतारचढाब हुने गरेको बताउँदै पार्टीलाई सहि मार्गमा लैजानको लागि बुद्धिजिविहरु लाग्नुपर्ने उनले बताए । भेलाले जिल्लामा गठित २५ सदस्यय जिल्ला समितिलाई जिल्ला अधिबेशन आयोजक समितिका रुपमामा तयार लैजाने निर्णय गरेको छ । जगदीश शर्माको संयोजकत्वमा ९ सदस्यीय जिल्ला अधिबेशन सचिवालय गठन गरेको छ । जसमा  रमेश शर्मा लम्साल, खिमानन्द काफ्ले, जमुना आचार्य, बशन्त तिमिल्सिना, मोति रेग्मी, इन्द्र तिमिल्सिना, रन्जित कुमार सुनार, लक्ष्मण शर्मा रहेका छन् ।
    बुद्धिजिवी संगठन पर्वतका अध्यक्ष जगदीश शर्माको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव रमेश शर्मा लम्सालले गरेका थिए भने कार्यक्रमको स्वाग रंजित सुनारले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!