नेपाल आर्मी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश

Posted on: 17 Feb, 2016

फागुन ५, हेटौंडा । नेपाल आर्मी हेटौंडामा जारी सुमन भोम्जन स्मृति कर्लस हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । आज नेपाल आर्मी र आयोजक टिम एफ सी हेटौडा बिच भएको सेमि फाईनल खेलमा २–० गोल अन्तरले आर्मी फाईनलमा प्रबेश गरेको हो ।

आर्मीका तर्फबाट खेलको पहिलो हाफमा टंक बस्नेतले २८ औ मिनेटमा एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको अन्तीम इन्जुरी समयमा आर्मीका तर्फबाट बालकृष्ठ श्रेष्ठले अर्को गोल गरेका थिए । एफसी हेटौडाले खेलको दोस्रो हाफमा गोल गर्ने प्रयाश गरेपनि गर्न सकेन ।

यता आर्मीले एफसीलाई पुरै दबाबमा मात्र राखिरहेको थियो । भोलीको सेमिफाईनल खेल भने मनाङ मस्याङदी क्लब र साहारा क्लब पोखरा बिच हुने आयोजकले जनाएको छ । भोलीको खेलमा बिजयी हुने टिम संग नेपाल आमीले फाइनलमा भिड्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!