रेडियो थाहा सञ्चारको आठौं वर्षमा

Posted on: 17 Feb, 2016

जिवराज बख्रेल/ फागुन ५, मकवानपुर । रेडियो थाहा सञ्चारको आठौं बार्षिकोत्सव समारोह विहिवार बाट सुरु हुँदैछ । थाहा सञ्चार नेटवर्क विस्तारका कारणले सप्ताहव्यापी कार्यक्रम गर्दै आएको रेडियोले यसवर्ष बार्षिकोत्सवलाई दुई दिन मनाउने भएको छ ।

रेडियोले भोलि विहीबार बुद्धचोकमा बृह्त रक्तदान कार्यक्रम आयोजना गर्दैछ । शुक्रबार जिल्लामा क्रियाशील सञ्चारकर्मी राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबल खेलसँगै यसवर्षको बार्षिकोत्सव सम्पन्न हुनेछ । ‘रेडियोको दायरा फराकिलो पार्ने क्रम र देशमा भएका समस्याका कारण प्रत्येक वर्ष प्रदान गर्दै आएको थाहा वर्ष सम्मानलाई यसवर्ष निरन्तरता दिन नसकेको स्टेशन म्यानेजर पवन राज पौडेलले वताउनु भयो । आगामी वर्षदेखि व्यवस्थितरुपमा सो सम्मानलाई निरन्तरता दिने पौडेलको भनाई छ । रेडियोले २०६४ फागुन ७ गतेबाट निरन्तर प्रशारण सुरुवात गरेको थियो । रेडियो थाहा सञ्चार जिल्लाको सबैभन्दा बढी क्षमता (एकहजार वाट) भएको एकमात्र रेडियो हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!