रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरे

Posted on: 19 Feb, 2016

फागुन ७, मकवानपुर । रेडियो थाहा सञ्चार हेटौंडाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन् । रेडियोको आठौं बार्षिकोत्सवको अवसरमा हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन् ।

यो संख्या जिल्लामा यसवर्ष रक्तदान गर्ने सबैभन्दा धेरैव्यक्तिको संख्या हो । यसअघि अर्बुद रोग निवारण संस्थाको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका थिए । रेडियो थाहासंचार हेटौंडाको बार्षिकोत्सवका अवसरमा भोलि जिल्लामा क्रियाशील सञ्चारकर्मी र राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबल खेल हुदैछ । सुमन भोम्जन स्मृति फाउन्डेसनको सहकार्यमा वन विज्ञान अध्ययन संथानको खेल मैदानमा मैत्रीपूर्ण फुटबल हुनेछ । रेडियो थाहा सञ्चार ९९ दशमलब ६ मेगाहर्जले २०६४ फागुन ७ गते प्रशारण शुरु गरेको थियो । २०७२ बैशाखदेखि भने काठमाडौंमा रेडियो थाहा सन्चार ९९ दशमलब ४ मार्फत थाहा सन्चार नेटवर्कको रुपमा अहिले विभिन्न एफ.एम रेडियोसहित देशैभर पहुँच बिस्तार गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!