राष्ट्रिय औद्योगिक व्यापार मेला आज बाट

Posted on: 03 Mar, 2016

जिवराज बख्रेल' फागुन १९, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुदैछ । हेटौंडाको लोकतान्त्रिक हुप्रा चौरमा हुने मेला दश दिनसम्म चल्नेछ । मेलाको उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले विहिवार विहान ११ बजे उद्घाट्न गर्ने कार्यक्रम छ । makwanpur - sajha sabal मेलामा अटो, कृषि, उद्योग, हर्बल, हस्तकला, महिला उद्यमी, बैंक तथा इस्योरेन्स, आइटी, बाल उद्यान, होटल लगायतसंग सम्बन्धित चार सय वटा भन्दा स्टलहरु रहने संघका महासचिव महेन्द्र राउतले जानकारी दिनुभयो । मेलामा विभिन्न ठूला कम्पनिका १५ वटा स्टलहरु रहने आयोजकले जनाएको छ । मेलामा दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जनामत्मक प्रस्तुती पस्कने छन् भने हेटौंडा आइडल प्रतिष्पर्धा पनि मेलाको आकर्षण रहेको छ । मेलामा यो पटक हेलिकप्टरबाट हेटौंडाको दृश्यावलोकनको व्यवस्था मिलाइएको संघले जनाएको छ । करिब ५० करोडको कारोबार लक्ष्य राखिएको मेलामा ६ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । औद्योगिक व्यापार मेला उद्घाट्न अघि बहुसांस्कृतिक झाँकी हेटौंडा नगरमा प्रदर्शन गर्ने तयारी छ । हेटौंडा २ स्थित पल्पसा हलबाट सुरु हुने झाँकी हेटौंडाको बुद्घचोक, सिमाचोक, स्कूलरोड हुँदै मेला आयोजनास्थल हुप्रचौर पुग्ने ¥याली व्यवस्थापन समितीका संयोजक अमृत दाहालले जानकारी दिनुभयो । ¥यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र हेटौंडा, नेपाल आर्मीको बाजा, परेड, प्रहरीको परेड, मगर, राई, दनुवार, थार, तामाङ्, कुमाल, नेवार समुदायको सांस्कृतिक पहिरन प्रदर्शनी हुनेछ । हेटौंडा उपमहानगरका विभिन्न टोल विकास संस्था, विद्यालय, जेसीज, लायन्स लगायतले सांस्कृतिक झाँकी प्रदर्शन गर्दै नगर परिक्रमा गर्दैछन् । यस्तै, आठ वटा टोलीले लोपोन्मुख नौमति बाजा बजादै हेटौंडा नगर गुञ्जयमान गराउने तयारी रहेको संघले जनाएको छ । उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ मेलामा पन्चेबाजा प्रतियोगिता आकर्षणका रुपमा रहेको पनि जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!