राप्रपा नेपालको गाबिसको गाउँभेला सम्पन्न

Posted on: 03 Mar, 2016

फागुन २०, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल धियाल गाँउ विकास समितिको गाँउ भेला तथा जनसभा सम्पन्न भएको छ । राप्रपा नेपाल धियाल गाउँ इकाइ कमिटि अध्यक्ष इन्द्र वहादुर योन्जन को अध्यक्षतामा भएको जनसभामा सांसद गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राप्रपा प्रजातान्त्रिक किसान संगठनका केन्द्रिय सदस्य वद्रि कुँवर।राप्रपा नेपाल क्षेत्र न १ अध्यक्ष राजाराम अर्याल,नगर अध्यक्ष गुरु प्रसाद सापकोटा,युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढुगाना लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य गाँउ कमिटि सचिव कुमार सिंह योन्जनले ब्यक्त गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!