संचारकर्मी राईको बिदाई

Posted on: 25 Oct, 2016

कात्तिक ९, पोखरा |

रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईको एक कार्यक्रमका विच आज विदाई गरिएको छ । गण्डकी सञ्चार गृहको सभाहलमा आयोजित एक कार्यक्रमका विच जापन जान लाग्नुभएका सञ्चारकर्मी राईको विदाई गरिएको हो । सो अवसरमा गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार खत्री र रेडियो गण्डकीका अध्यक्ष अग्नी कंडेलले राईलाई संयुक्त रुपमा मायाको चिनो प्रदान गरे । 

कार्यक्रममा बोल्दै गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार खत्रीले कुशल सञ्चारकर्मी मिडिया हाउसबाट विदाई गुर्नपरेको दुःख व्यक्त गरे । रेडियो गण्डकीका अध्यक्ष अग्नी कडेलले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्नुपर्नेमा जोड दिदै विदेशमा रहे पनि गण्डकी सञ्चार गृहसँगको सम्बन्ध कायम राख्न आग्रह गरे ।

गण्डकी माछापुच्छ्रे सञ्चारगृहका प्रबन्ध निर्देशक लक्ष्मण गुरुङले १० बर्ष सञ्चार गृहमा काम गरेका राईलाई विदाई गर्नुपर्दा सञ्चार गृहलाई ठूलो क्षति पुगेको उल्लेख गरे । राज्यले युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । विदाई भएर जान लागेका रामचन्द्र राईले केही बर्ष जापनमा बसेर सिकेको सिप स्वदेशमा प्रयोग गर्ने बताउदै सञ्चार गृहसँगको सहकार्य जारी रहने बताए ।

गण्डकी टेलिभिजनका स्टेशन म्यानेज अपिल त्रिपाठी र रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले सहकर्मी राईसंग सञ्चार गृह स्थापनाकाल देखि नै सँगै सहकार्य गरेको स्मरण गर्दै यात्रा र जीवन सफलताको कामना गरे । कार्यक्रममा गण्डकी सञ्चार गृहका सञ्चालक समिति सदस्य, कार्यरत सञ्चारकर्मी, पुर्व कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!