डडेल्धुरामा आवधिक योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाल गोष्ठी

Posted on: 25 Oct, 2016

ललित बोहरा/कार्तिक ९ डडेल्धुरा ।आवधिक जिल्ला योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी मङगलबार बाट डडेल्धुरामा सुरु भएको छ । डडेल्धुरा जिल्लाको समग्र बिकाशको लागी बिकाशका योजनाहरुलाई प्राथमीकीकरण गर्ने उदेश्यले आवधिक योजना निमार्ण गर्न लागीएको हो । आर्थिक बर्ष २०५७÷५८ देखी २०६२÷६३ सम्म पहीलो आवधिक योजना निमार्ण भएको थियो भने लामो समय पछि दोस्रो आवधिक योजना निमार्ण गर्न छलफल थालीएको छ । ५ बर्षीय योजना निर्माण गर्नका लागि संचालित उक्त गोष्ठीमा बोल्दै सांसद तथा पूर्व मन्त्री एनपी साउँदले डडेल्धुरा लगायत सुदूरपश्चिममा कृषि क्षेत्रमा प्रचुर सम्भाबना भएकाले कृषि क्षेत्रको बिकासमा सबको ध्यान जानु पर्नेमा जोड दिनु भएको छ । पूर्व मन्त्री साउँदले यस क्षेत्रमा रहेका खोला नालाहरुको उचित प्रयोग गरेर यहाँको कृषि प्रणालीलाई विकास गर्नु पर्नेमा जोड दिनु भयो । मङलबारबाट सुरु भएको ३ दिने गोष्ठि जिल्ला विकास समिति डडेल्धुराका स्थानिय विकास अधिकारी पुरुषोत्तम ढकालको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं  पूर्व मन्त्री एनपी साउँद प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा  नेपाली काग्रेसका नेता एवं सांसद नरभान कामी विशिष्ट अतिथी रहनु भएको थियो । उक्त गोष्ठिमा जिल्ला स्थित राजनितिक दलका प्रमुख,सरकारी कार्यालय तथा गैह्र सरकारी संस्था प्रमुख, सुरक्षा निकायका प्रमुख, एबम् संचारकर्मीको सहभागिता रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!