स्थानिय रुटमा वन्द रहेका सवारी साधन संचालन

Posted on: 05 Mar, 2016

फागुन २२, मकवानपुर । सहज रुपमा इन्धन उपलब्ध गरउने सहमती सँगै हेटोडामा स्थानिय रुटमा वन्द रहेका सवारी साधन संचालनमा आएका छन् ।

करीव ३ महिना सम्म भएको नाकावन्धिको समयमा पनि संचालनमा आएका स्थानिय रुटकाटेम्पो म्याजीक लगाएतका सवारी साधान नाकावन्धि खुल्दा पनि सहज रुपमा इन्धन नपाएको भन्दै बिहिबारदेखि वन्द भएका थिए ।

टेम्पो तथा मझौला यातायात ब्यवसायी संघ तथा नारायणी यातायात ब्यवयायी संघमा आवद्ध ब्यवसायी हरुले दिन भर लाइनमा वसेर पनि पाँच लिटर इन्धन नपाएको भन्दै स्वतर्फुत रुपमा सवारी वन्द गरेका थिए ।

यसैविच राप्रपा नेपाल निकट ,रास्टिय प्रजातान्त्रिक युवक संगठन नेपाल इन्धन सहज नभएको भन्दै ब्यवसायीले गरेको आन्दोलनले सर्बसाधरण जनतालाई प्रभाव परेको र विद्यार्थि हरुको परीक्षा संचालन भएरहेको वेलामा भएको सवारी वन्दले असर पारेको भन्दै तत्काल वार्ता गरी सहज वातावरण वनाउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा.मान बहादुर बि.क.लाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको थियो ।

शुक्रबार जिल्ला प्रसासन कार्यालय मकवानपुरमा आज भऐका छलफलमा टेम्पो लगाएतका स्थानिय रुटका सवारी साधनले लामो लाइनमा वस्नु नपर्ने गरीे इन्धन उपलब्ध गराउने सहमती पछि यातायात संचालन गरीएको टेम्पो तथा मझौला यातायत ब्यवसायी संघका अध्यक्ष प्रदिप राज गिरीले वताउनु भयो ।

मकवानपुरमा रहेका पेटोल पम्प सँग समन्वय गरी इन्धन भएका पम्प वाट टेम्पो लाइ १० लिटर , म्याजिकलाई २० लिटर र माइक्रोलाइ २५ लिटर तेल दिने उपलब्ध गराउने सहमति भएको गिरीले वताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!