मध्यपश्चिम विश्व विद्यालयको टोलि एक साता भ्रमणका लागि जुम्लामा

Posted on: 26 Oct, 2016

नन्दराम जैशी | कात्तिक १०, जुम्ला |  

मध्यपश्चिम विश्व विद्यालय सुर्खेतका विद्यार्थि र शिक्षकको टोलि एक साता भ्रमणका लागि जुम्ला पुगेका छन् । दोन्द्ध र शान्ती अध्ययन कार्यक्रमका विद्यार्थिहरुको स्थलगत अध्ययनका लागि जुम्ला र मुगुको एक साता भ्रमण कार्यक्रममा मध्यपश्चिम विश्व विद्यालयका विद्यार्थि र शिक्षकको टोलि मंगलबार जुम्ला पुगेको हो । मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक ललितजंग शाहि र कमल लम्सालको नेतृत्वमा आएको भ्रमण टोलिमा १२ जना विद्यार्थिहरुको सहभागिता रहेको छ ।  

उपप्रध्यापक लम्सालका अनुसार जुम्लाको दशबर्षे सशस्त्र दोन्द्ध, महिला सशक्तिकरण, पर्यटनको संभावना र संक्रमण कालिन न्यायको अवस्थाका बिषयमा भ्रमण टोलिले अध्ययन गर्ने भएको छ । त्यस्तै जुम्लाको सामाजिक तथा आर्थिक अवस्थाको बिषयमा पनि भ्रमण टोलिले अध्ययन गर्ने उहाले बताउनुभयो । साथै भम्रणका क्रममा मध्यपश्चिम विश्व विद्यालयमा मानविकि तथा सामाजिकशास्त्रका बिषयमा नँया भर्ना खुलेको पनि सबैलाइ जानकारी गर्ने उहाको भनाइ छ । 

भ्रमण टोलिमा सहभागि दोन्द्ध र शान्ती अध्ययन स्नाकोत्तर तेस्रो बर्षमा अध्ययनरत विद्यार्थि लक्ष्मी श्रेष्ठले सशस्त्र दोन्द्धका क्रममा जुम्लाका महिलाहरु प्रभावित भएको भन्दै उहाहरुको हालको अवस्था अध्ययनका लागि जुम्लालाइ भ्रमणको केन्द्रका रुपमा छनोट गरीएको बताउनुभयो । भ्रमणका क्रममा आफ्नो अध्ययनमा जुम्लाको महिला सशक्तिकरणका सवाललाइ उठान गर्ने उहाको भनाइ छ । 

जिल्लाको ग्रामिण भेगमा कुनै गाँउ तथा वडालाइ अध्ययन केन्द्रका रुपमा चयन गरी अध्ययनका लागि छनोट भएका बिषयबस्तुका आधारमा सवालहरु उठान गर्ने र अध्ययनपछि प्रतिबेदन तयार पार्ने उहाले जानकारी दिनुभयो । मध्यपश्चिम विश्व विद्यालय सुर्खेतका विद्यार्थि र शिक्षकको टोलि एक साता भ्रमणका लागि जुम्ला, मुगु र कालिकोटका विभिन्न गाँउसम्म पुग्ने भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!