मानेभन्ज्यांङ्ग कप फुटबलको उपाधि मिर्मिरे युवा क्लवलाई

Posted on: 26 Oct, 2016

कात्तिक १०, संखुवासभा । संखुवासभाको मानेभन्ज्यांङ्गमा जारी दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबल प्रतियोगिताको उपाधि मिर्मिरे युवा क्लव तामाफोकले हात पार्न सफल भएको छ । 

लोहोरुङ क्लवलाई ४– ३ को गोल अन्तरले पराजीत गर्दै मिर्मिरेले उपाधी हात पारेको हो । उपाधी संगै मिरमिरे युवा क्लबले ५० हजार नगद र सिल्ड प्राप्त गरेको छ भने उपविजेता लोहोरुङ क्लवले ३० हजारमा चित्त वुझाउनु प¥यो ।

त्यस्तै तेस्रो भएको हाङथुङ क्लवले २० हजार र सान्त्वना स्थान प्राप्त गर्दै खाँदवारी युथ क्लवले १० हजार प्राप्त गरेको छ । मीरमीरे युथ क्लवका सागर गुरुङ सर्वोत्कृष्ठ खेलाडी घोषीत भएका छन् । 

त्यस्तै सर्वाधीक ६ गोल गर्दै मिरमिरे कै प्रेम जीमी सर्वा्धिक गोलकर्ता भए । मानेभन्ज्याङ्ग युवा परिचालन समुहको आयोजनामा कार्तीक ५ गते देखी भएको प्रतियोगीतामा ३६ टिमको सहभागीता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!