साँझ ७ वजे सम्म प्रशासनका कर्मचारी व्यस्त

Posted on: 26 Oct, 2016

प्रेम सुनार/कात्तिक १०, गल्मी । देश विदेशबाट दशै तिहार मान्न घर आएका गुल्मेलीहरुको यति वेला नागरिकता र राहदानीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा अपार भिड लाग्ने गरेको छ ।

त्याँका प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत सहितका कर्मचारीहरु साँझ ७ वजे सम्म काम गर्दै गरेको दृश्य देख्न सकिन्छ । प्रशासकीय अधिकृत रामचन्द्र पन्थीका अनुसार दशै पछाडी देखि हाल सम्म ८ सय ७ जनालाई नयाँ नागरिकता वितरण गरिएको छ ।

त्यस्तै ४ सय २३ जनाले राहदानी दर्ता गरेका छन्  ।  त्यस मध्ये केन्द्रबाट तयार भई आएका २ सय २ राहदानी वितरण गरिएको छ ।  सिफारिस १ सय ३१  ज्जनाको गरिएको प्रशासकीय अधिकृत पन्थीले

 जनाए । सेवाग्राहीहरुको काम एकै दिनमा सक्ने लक्ष्य लिईएकोले साँझ ७/८ वजे सम्म काम गरेर बसिएको पन्थीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!