हेटौंडाको नापी कार्यालयमा भिषण आगलागी, १९ जना घाइते

Posted on: 26 Oct, 2016


कात्तिक १०, हेटौंडा । मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा भिषण आगलागी भएको छ । 

आगलागीमा परी कर्मचारी तथा सेवाग्राही गरी १९ जना घाइते भएका छन् । हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको कार्यालयमा आगलागी भएपछि आत्तिएर हाम फाल्ने अधिकांश घाइते भएका छन् । 

केही आगोको धुवामा निसास्सिएर घाइते भएको प्रहरीले बताएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बिष्फोट भएको ठूलो आवाज सुनिएलगत्तै आगो लाग्न सुरु भएको थियो । तर, के पडि्कएर आगो लागेको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिजुली सर्ट भएको वा ग्यास पडि्कएको अनुमान छ । आगलागीका कारण नापी कार्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकलको सहायतामा जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले बताएकी छिन । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!