आग्रा र टिष्टुङ्गमा बिपद् व्यबस्थापन सम्बन्धी परियोजना सञ्चालन गरिने

Posted on: 24 Mar, 2016

चैत ११, मकवानपुर । मकवानुपरको आग्रा र टिष्टुङ्ग गाबिसमा समुदायमा आधारित बिपद् व्यबस्थापन सम्बन्धी परियोजना अन्तरगत बिभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

दातृ निकाय टियर फण्डको आर्थिक सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च मकवानुरले कार्यक्रम सञ्चालन गर्ने भएको हो । परियोजना सञ्चालन गर्नुपूर्व प्रभाबकारी कार्यान्वयनका लागि स्थलगत निरिक्षण सर्भे समेत गरिएको छ ।

सर्भेमा टियर फण्डका रेजिलेन्स सल्लाहकार बिनोद घिमिरे, संरक्षण अधिकृत पदम महेर, सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्चका अध्यक्ष मणीप्रसाद सुवेदी, परियोजना संयोजक बिमल ओझा, सामुदायिक परिचालक कविता अर्याल लगाएतको सहभागिता रहेको थियो ।

सर्भे टोलीले टिष्टुङ्ग गाबिसको वडा नम्बर ४, ५, ७ दोभानडाँडा, घले गाउँ, गुरुङ्ग गाउँ, लिटी, आलपुर, मानडाँडा लगाएतको स्थलगत निरिक्षण गरेका थिए ।

परियोजना अन्तरगत आग्रा र टिष्टुङ्ग गाबिसमा वडा स्तरीय बिपद् व्यबस्थापन समिति गठन, बिपद् न्यूनीकरणमूलक कार्यक्रमहरु बायोईन्जीनिरिङ्ग, संरक्षण, खोज तथा उद्धार तालिम र सामग्री बितरण, प्रकोपको पूर्व चेतावनी प्रणाली जडान, १५ बिद्यालयमा बाल क्लब गठन लगाएतका क्रियाकलापहरु सञ्चालन गरिने संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

सन् २०१६ को जनवरीदेखि सञ्चालित परियोजना २०१७ अप्रिलसम्म सञ्चालन गरिने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!