परियारले लगाए श्रीमतिका रिसले घरमा आगो

Posted on: 26 Oct, 2016

प्रेम सुनार/कात्तिक १०, गुल्मी । गाउँ घर सुनिने एउटा उखान जस्तै केहि दिन अघि गुल्मीका एक व्यक्तिले श्रीमकिा रिसले घरमा आगो लगाएका छन् । 

ग्वाघा गाविस वडा नम्वर ७ आरुखर्कका ४२ वर्षिय चन्द्रबहादुर परियारले कार्तिक २ गते आफु वस्ने अर्काको घरमा आगो लगाएका हुन् । आगो लगाएर फरार उनलाई प्रहरीले हालै हिरासतमा लिए पछि मात्र घटना ढिलो गरी  वाहिर आएको हो ।  

घरमा चरम गरिवी भएका कारण उनिहरु अर्कैको घर मागेर बस्दै आएका थिए । उनका छोरा वुहारी बुटवलमा बस्दै आएको र यता आफुले मात्रै काम गरेर परिवार कति दिन पाल्ने ? भन्दै श्रीमति संग रिसाएर  आफु वस्ने घरमा आगो लगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए ।

हाल निजलाई हिरासतमा लिई मुद्धा दायर गरिएको रावववले बताए । प्रहरी श्रोतका अनुसार श्रीमतिलाई समेत मार्ने नियतका साथ निजले आगो लगाएको तर श्रीमति भागेर बाँच्न सफल भएकी थिईन् । 

एकातिर गरिवी अर्को तिर जाँड रक्सीले बेहाल जिवन बनाएका परियारले अर्काको घरमा आश्रय लिएर घाती काम गर्न पुगेका छन् ।  उनीहरु प्रति  दया राखेर बुटवलमा बस्दै आएका नरमायाँ परियारले आफ्नो घरमा बस्न दिदै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार परियारको घर जलेर करिव २ लाख भन्दा बढि क्षति भएको छ । यति वेला आफु प्रहरी खोरमा उता वस्ने वास जले पछि श्रीमति छोरा छोरी विचल्लीमा परेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!