हेटौंडामा स्कुल बस पल्टिँदा ३५ जना विद्यार्थी घाइते

Posted on: 25 Mar, 2016

चैत्र १२, मकवानपुर । स्कुल बस पल्टिँदा मकवानपुरको हेटौंडामा ३५ जना विद्यार्थी घाइते भएका छन् ।

गढी गाविसबाट हेटौंडातर्फ आउँदै गरेको हिमालयन इङ्लिस स्कुलको बस पल्टिँदा ३५ विद्यार्थी घाइते भएका हुन् । स्कुल नजिकै ना४ख६१८० नम्बरको स्कुल बस पल्टिँदा घाइते भएका विद्यार्थीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!