वुद्धिचाल संघको राट्रिय महाधिवेशन हेटौडामा हुने

Posted on: 25 Mar, 2016

जिवराज बख्रेल/चैत १२, मकवापनुर । जिल्ला संघ वुद्धिचाल संघ मकवानपुरको आयोजनामा पहिलो पटक हेटौडामा राट्रिय महाधिवेशन हुने भएको छ ।

भोलि विहान मोटल एभोकाडोमा महाधिवेसनको उद्धघाटन हुने आयोजकले जनाएको छ । महाधिवेशनमा २९ जिल्लावाट दुईजना प्रतिनिधिका दरले ५८ जना, केन्द्रिय समितीवाट ३१ जना, नेपाल च्याक्पियन महिला, पुरुष खेलाडी टेक्निकल कमिटिवाट गरेर ९३ जनाले सहभागिता जनाउने छन् ।

महाधिवेसनले ४ वर्षको लागि १९ सदस्यीय केन्द्रिय कमिटिको निर्वाचन गर्ने जनाइएको छ । निर्वाचिन केन्द्रिय समितीको वैठकले उपाध्यक्ष सहित ७ सदस्य र राखेपका दुई प्रतिनिधि मनोनित गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!