अन्तरक्रिया कार्यक्रम सम्पन

Posted on: 28 Mar, 2016
चैत १५, मकवानपुर । जिल्ला हुलाक कार्यलय मकवानपुरको आयोजना प्रेस, हुलाक र कुरियर कम्पनी विच अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । जिल्ला हुलाक कार्यालय मकवानपुरमा आइतबार भएको कार्यक्रममा हुलाकको अहिलेको अवस्था, हुलाक र कुरीयर विच हुनु पर्ने समन्वय लगाएतका विषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा वोल्दै जिल्ला हुलाक अधिकृत सुनिता कुमारी गजुरेलले विगतका दिनमा हुलाक अत्यन्तै महत्व पुर्ण माध्यम भएको भएपनि हाल विभिन्न कारणले गर्दा हुलाक अन्य सञ्चारको माध्यम भन्दा पछाडि परेको स्वीकार्दे योजनागत ढंगवाट हुलाकको स्तरीकण गर्ने वताउनु भयो । मकवापुरको सवालमा वढ्दै गएको प्रविधिको विकासलाई मध्यनजर गर्दै ८ वटा टेलिसेन्टर जिल्ला हुलाक कार्यालयले संचालनमा ल्याएको पनि उहाँले वताउनु भयो । कार्यक्रममा गजुरेल सँगै पुर्व हुलाक अधिकूत बासुदेव खतिवडा, मकवानपुरका विभिन्न कुरीयर कम्पिनिका प्रतिनिधि, पत्रकार लगाएतले आआफ्ना जिज्ञासा र सुझाव राखेका थिए । हुलाक अधिकृत गजुरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!