बिद्यालय स्तरीय बिपद् व्यबस्थापन योजना निर्माण तथा पुनरावलोकन

Posted on: 29 Mar, 2016

चैत १६, मकवानपुर । मकवानपुरको राईगाउँको सूर्य माबिको बिद्यालय स्तरीय बिपद् व्यबस्थापन योजना निर्माण तथा फापरबारीको जनता उच्च माबिको योजना पुनरावलोकन गरिएको छ । मकवानपुरको राईगाउँ–२ सूर्य माबिमा भएको बिद्यालय स्तरीय बिपद् व्यबस्थापन योजना निर्माण तथा पुनरावलोकन सम्बन्धी तीन दिने अभिमुखीकरणमा ती कार्यहरु भएका हुन् ।

प्लान ईन्टरनेशनल नेपाल, मकवानपुरको आर्थिक सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च, मकवानपुरले कार्यक्रम गरेको हो । कार्यक्रममा राईगाउँको सूर्य माबि र फापरबारीको जनता उच्च माबिका व्यबस्थापन समिति, शिक्षक अभिभाबक संघका प्रतिनिधी एवम् शिक्षक, अभिभाबक र बिद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्चका सचिव पूर्णभद्र चौलागाई र शंकरकुमार पराजुलीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको समापन सूर्य माबि, राईगाउँका अध्यक्ष भिमकुमार राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सूर्य माबि, राईगाउँका प्रधानध्यापक प्रमोदकुमार राई, सहभागीहरु सुन्दरीमायाँ घिसिङ्ग, यज्ञबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!