पोखरामा मानवअधिकार सङ्गठनको क्षेत्रीय परिषद्को भेला

Posted on: 28 Oct, 2016

कात्तिक १२, पोखरा । नेपाल मानव अधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय परिषद्को भेला भोलि पोखरामा हुने भएको छ । 

मानवअधिकारका क्षेत्रमा भइरहेका समसामयिक गतिविधिलगायतका विषयमा भेलामा छलफल गरिने नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्यले जानकारी दिनुभयो । 

भेलाको उद्घाटन समारोहमा मानवअधिकार सम्बद्ध सङ्घ संस्थालगायत अन्य सङ्घ संस्थाबाट समेत लगभग १४० जनाको सहभागिता हुने जानकारी दिँदै महासचिव आचार्यले बन्दसत्रमा भने मनाङ र अर्घाखाँचीबाहेकका १४ जिल्लाका लगभग ४० जना प्रतिनिधिको सहभागिता हुने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!