मकवानपुरमा पहिलो दिनको एसएलसी शान्तिपूर्ण, १२२ परीक्षार्थी अनुपस्थित

Posted on: 31 Mar, 2016

जिबराज बख्रेल/ चैत १८, मकवानपुर । आजदेखिसुरु भएको यस वर्षको प्रवेशिका परीक्षा पहिलो दिन मकवानपुरमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । आजको अंग्रेजी बिषयको परीक्षा शान्तीपुर्वक सम्पन्न भएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यले जानकारी दिनुभयो । यसबर्षको प्रवेशिका परीक्षामा कुल १२२ परीक्षार्थी अनुपस्थित भएको वताईको छ । शिक्षा अधिकारी आचार्यका अनुसार नियमित तर्फ छात्र १७ जना छात्रा १२ जना र इएक्जाम्टेड तर्फ छात्र २८ जना र छात्रा ८४ जना अनुपस्थित भएका थिए । मकवानपुरमा यस वर्ष ७ हजार २ सय ७६ विद्यार्थि परीक्षामा सामेल हुने जनाईएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!